मधुमेहबारे भ्रम र तथ्य

diabetes_rts

भ्रम : मधुमेह रोग ठूलो समस्या होइन ।

तथ्य : मधुमेहको समयमै परीक्षण गरिएन भने गम्भीर जटिलता ल्याउछ । र यसले अकालमा मृत्यु पनि हुनसक्छ । बयस्क मानिसहरुमा मृत्यु हुने कारणमध्ये यो आठौँ स्थानमा पर्दछ । मधुमेह रोग लागेमा हृदयघात हुने सम्भावना दोब्बर हुन्छ । अन्धोपन, मिर्गौलालाई काम नगर्ने, खुट्टामा घाउ निको नभई खुट्टा काट्नु पर्ने अवस्थाको मुख्य कारण मधुमेह रोग लाग्नु हो । साथै यसले अरु थुप्रै खालका दीर्घकालिन असरहरु स्वास्थ्यमा पर्दछ । र जीवनको गुणस्तरमा प्रभाव पार्दछ ।

भ्रम : मधुमेह लागेकाहरुले विशेष प्रकारको खाना खानु पर्दछ ।

तथ्य : मधुमेह लागेकाहरुले अरु मानिसहरुले खाने सामान्य खाना खान हुन्छ । उनीहरुको खानामा प्रशोधन नगरिएको अन्न, हरियो सागसब्जी र फलफूल प्रशस्त मात्रामा हुनुपर्छ तैलीय पदार्थहरु खानु हुँदैन् ।

भ्रम : मधुमेह मैत्री र चिनी रहित खाना राम्रो हुन्छ ।

तथ्य : चिनी रहित खानामा प्रशस्त क्यालोरी र चिल्लो साथै कार्बोहाइड्रेड पनि हुन्छ । तसर्थ खानामा रहेको पोषक तत्वको मात्रा सधै जाँच गर्नुपर्छ र याद गर्नुहोस कि प्रशोधन नगरिएको खानेकुरा सधै सुरक्षित हुन्छ भन्ने नै छैन् ।

भ्रम : नियमित व्यायम गरेमा तौल घट्छ ।

तथ्य : व्यायमले सधै तौल घट्छ भन्ने छैन् । शारीरिक व्यायमले गर्दा मांशपेसीको बृद्धि भई तौल नघट्न पनि सक्छ । शारीरिक व्यायमले तौल नघटे तापनि स्वास्थ्यलाई महत्वपूर्ण फाइदा पुरयाउछ । किनभने व्यायमले इन्सुलिनको सक्रियतामा सुधार ल्याँउछ, रक्तचाप र रगतमा रहेको चिल्लो पदार्थको मात्रा घटाउछ र हृदयघात हुनबाट बच्न सहयोग गर्छ । तसर्थ व्यायम गरेपछि तौल घटे मात्र फाइदा पुगेको भन्न मिल्दैन ।

भ्रम : मधुमेह भएकाहरुले रक्तदान गर्नुहुँदैन ।

तथ्य : रगतमा चिनीको मात्रा नियन्त्रित छ भने मधुमेह लागेका व्यक्तिहरुले रक्तदान गर्न हुन्छ ।

भ्रम : मधुमेह भएका महिलाले गर्भधारण गर्नु हुँदैन ।

तथ्य : मधुमेह भएका महिलाहरुको रगतमा चिनीको मात्रा नियन्त्रित छ भने गर्भवती हुन र स्वास्थ्य बच्चा जन्माउन सक्छन् ।

भ्रम : मधुमेह भएका व्यक्तिहरुले मिठाई र चकलेट खानु हुँदैन ।

तथ्य : मधुमेह लागेकाहरुले मिठाई र गुलियो चिज पनि खान हुन्छ ।यदि उनीहरुले स्वस्थ खानाको साथै नियमित व्यायाम अपनाइरहेका छन् । भने थोरै मात्रामा मिठाई खाने वा विशेष अवसरमा मात्रै खाने ताकि स्वस्थ खाना मै विशेष ध्यान रहोस् ।

भ्रम : औषधि खानाले मिर्गौला खराब हुन्छ त्यसैले औषधी कि त नखाने वा खाए पनि ढिलो सुरु गर्नुपर्छ वा त्यसको सट्टा स्वस्थ खाना र नियमित व्यायाम गर्नु नै राम्रो हुन्छ ।

तथ्य : मधुमेका जटिलताहरुको मध्ये मिगौला खराब हुनु एक हो र यसको उपचारमा ढिलाई गर्नाले यसले झन बढी जटिलताहरु निम्त्याउछ । त्यस कारण जति सक्दो छिटो चिकित्सकको सल्लाह अनुसार मधुमेहको औषधी सुरु गरी मिर्गौलालाई खराब हुनबाट बचाउन र साथै अरु अंगहरुमा पर्ने जटिलताहरुबाट बचाउन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *