स्कुले विद्यार्थीको नि:शुल्क मिर्गौला परीक्षण गरिने

kidni centreकाठमाडौँ – विश्व मिर्गौला दिवसको अवसर पारी राष्ट्रिय मिर्गौला उपचार केन्द्र बनस्थलीले आगामी विहीबार दरबार हाईस्कुल र संस्कृत मावि रानीपोखरीमा अध्ययनरत विद्यार्थीहरुको निशुल्क परीक्षण गर्ने भएको छ ।

त्यस्तै केन्द्रको चितवन युनिट रत्ननगर अस्पताल टाँडीमा शुक्रबार र दमौली अस्पताल तनहूँमा रहेको शत्रुधन मन्जु डायलासिस युनिटमा आइतबार निशुल्क मिर्गौला परीक्षण सिविर सञ्चालन गर्ने भएको छ । त्यसैगरी ४ चैतमा विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्तपाल परिषरमा रहेको एचएच रोटरी डायलासिस युनिटमा तथा ५ र ६ चैतमा निजामती कर्मचारी श्रीमती संघ र सुमेरु अस्पतालको सहयोगमा गौरीगंज भद्रपुरमा निशुल्क मिर्गौला सिविर गर्न लागेको जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष एवं मिर्गौलारोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले सो जानकारी दिएका हुन् । उनले नेपालमा मिर्गौला विरामीको संख्या बर्षेनी बढ्दै गएको भन्दै नियन्त्रणका लागि जनचेतनाको आवश्यक रहेको बताए ।

सरकारले रोग लागेपछि उपचारमा ठूलो रकम खर्च गरेपनि रोग लाग्न नदिनका लागि कुनै कदम नचालेको आरोप लगाउदै डा काफ्लेले त्यसतर्फ तत्काल सोच्नुपर्ने बताए । उनले भने, ‘रोग लागेको एउटा व्यक्तिका लागि ८ लाख बढी खर्च गर्ने सरकारले लाग्नै नदिनका लागि ८ सय खर्च गरेको छैन । यो दुखत कुरा हो ।’

उनले ६ महिनाको एक पटक १ सय रुपैयाँ खर्च गरी हुने परीक्षणको बानी विकास नहुँदा मानिसहरुको धनसम्पत्तीसंगै ज्यान जाने अवस्था रहेको बताए ।

कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार श्रीराम लामिछानेले मिर्गौलाको भयावह अवस्था रोक्नका लागि सञ्चार जगतको ठूलो हात हुने भन्दै त्यसतर्फ कलम चलाउन आग्रह गरे । उनले नीति बनाउने स्थानमा रहेका सांसदहरुले पनि सञ्चारमाध्यममा आएका समाचारकै आधारमा महत्व बुझ्ने भन्दै जनस्वास्थ्यका विषयमा बढी भन्दा बढी कलम चलाउन आग्रह गरे ।

नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिन्छ । त्यसमध्ये करीब १० हजार जना मिर्गौला रोगको अन्तिम अवस्थामा पुगेका छन भने त्यसमा ३ हजार जनाका दरले बार्षिक रुपमा थपिने गरेको अनुमान छ ।

सो अवसरमा केन्द्रले हालसम्म गरेको डायलासिसको संख्याबारे जानकारी गराएको थियो । सन १९९७ मा स्थापना गर्दा पहिलो बर्ष ७२४ वटा डायलासिस भएकोमा सन् २०१५ मा आइपुग्दा एक बर्षमै ४७ हजार ४१९ जनाको डायलासिस भएको छ ।

केन्द्रका अनुसार बनस्थलीमा रहेको केन्द्रमा ४४ वटा र धापाखेलस्थित सुमेरु अस्पतालमा १० वटा गरी ५४ वटा मेसिनबाट उपत्यकामा दैनिक १७० जना व्यक्तिको डायालासिस हुने गरेको छ । त्यस्तै केन्द्रले तनहूँ, चितवन र विराटनगरमा खोलेको शाखामा ५ ५ वटा मेनिसबाट डायलासिस सेवा दिएको जनाएको छ ।

नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिन्छ । त्यसमध्ये करीब १० हजार जना मिर्गौला रोगको अन्तिम अवस्थामा पुगेका छन भने त्यसमा ३ हजार जनाका दरले बार्षिक रुपमा थपिने गरेको अनुमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *