यी हुन् टाउकोमा पर्ने जुम्राबारेका ११ रोचक तथ्य

jumriतपाईँले आफ्नो टाउकोमा जुम्रा परेको अनुभव गर्नु भएको छ । छैन भने ठिकै भयो यदि छ भने तत्काल व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ ।

नेपालका ग्रामिण क्षेत्रमा अहिलेपनि धेरै व्यक्ति कुनै न कुनै समयमा जुम्राबाट पिडीत भएको देखिन्छ । प्राय बच्चा बेलामा जुम्राले सताएको देख्ने गर्दछौँ । कसैकसैलाई बयस्क र बृद्ध बेलामा समेत जुम्राले सताउने गरेको पाइन्छ ।

आज हामी त्यहि जुम्राबारे केही तथ्य प्रस्तुत गर्दैछौँ :

१. जुम्राहरु पहेँलो, सेतो, कालो, खैरो रङ्गका हुन्छन् जुन चामलको दानाको एक चौथाई आकार भन्दा पनि साना हुन्छन् ।

२. जुम्राहरु टाउको टाउकोको सम्पर्कबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने गर्र्छन् ।

३. जुम्रालाई बाँच्नको लागि मानव शरीरको रगत चाहिन्छ जुन तिनीहरुले टाउकोबाट चुसेर पाउँछन् । मानव शरीर बाहिर जुम्रा ४८ घण्टाभित्र मर्छन् ।headlice-3

४. जुम्राको अण्डा अर्थात लिखाबाट जुम्रा निस्कन करिब ८ देखि ९ दिन लाग्छ ।

५. टाउको अत्यधिक जुम्रा पर्दा जुम्राले निकालेको सलाइभा (र्याल) ले गर्दा टाउको चिलाउने गर्दछ ।

६. मानव शरीरमा रहने जुम्राहरु जनावरहरुमा पर्दैन ।

७. जुम्रामा पखेटा हुदैन, त्यसैे तिनीहरु उड्न तथा उफ्रिन सक्दैनन् । तर तिनीहरु छिटो हिड्न, घस्रिन सक्छन् ।

८. पोथी जुम्राले हरेक दिन १० वटा अण्डा अर्थात लिखा पार्ने गर्छे ।

९. छोटो कपाल भएका कारण महिलामा भन्दा पुरुषमा जुम्रा पर्ने सम्भावना कम हुन्छ ।

१०. झट्ट हेर्दा जुम्राका अण्डा अर्थात लिखा चाँयाजस्तै रौमा झुण्डिएको जस्तो देखिन्छ तर त्यो होइन लिखा कपालमा रहेको गमजस्तो पदार्थले बेस्सरी टाँसिरएर बसेका हुन्छन् ।

११. टाउकोमा पर्ने जुम्राले कुनै रोग लगाउदैन ।

-एजेन्सीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *