चारवटा गम्भीर रोगले च्यापिएका थिए सुशील कोइराला

sushil

रामप्रसाद न्यौपाने / काठमाडौँ – पूर्वप्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन कम्युनिटी एक्वाइर्ड निमोनिया टाइप टू रेस्पोरेटरी फेलियर( अक्सिजन कम र कार्वनडाइअक्साइड बढी हुँदा फोक्सोमा हुने समस्या) का कारण भएको बताइए पनि उनी चारवटा जटिल साथै दीर्घरोगले च्यापिएका थिए ।

कोइरालाका निजी चिकित्सक डा. करबिरथान योगीका अनुसार कोइरालामा क्यान्सर, क्षयरोग, ब्रोङकाइटिस( सिओपिडी) र आइ.एल.डी(इन्ट्रेस्टिटिएल लङ डिजिज) अर्थात फोक्सोको समस्या थियो । ‘जाडोमा देखिने समस्या ‘कम्युनिटी एक्वाइर्ड निमोनिया टाइप टू रेस्पोरेटरी फेलियर’ ( अक्सिजन कम र कार्वनडाइअक्साइड बढी हुँदा फोक्सोमा हुने समस्या) बाट ज्यान गयो तर उहाँ पहिले देखिनै चारवटा जटिल रोगबाट ग्रस्त हुनुहुन्थ्यो,’  डा. योगीले नेपाली हेल्थलाई बताए ।

स्वासप्रस्वासका विरामी कोइरालालाई नियमित रुमपा अक्सिजन दिइने गरेको समेत डा. योगीले खुलासा गरे । ‘सिओपिडी समस्या थियो, हामीले नियमित रुपमा अक्सिजन दिइरहेका थियौँ । उहाँले अहिले मात्रै होइन धेरै पहिले देखिनै अक्सिजन लिने गर्नु भएको थियो,’ डा. योगीले भने ।

उनले कोइरालालाई ओम हस्पिटल तथा गंगालाल हस्पिटलमा परीक्षण गराई खाने र सुईद्धारा दिइने एन्टीबायोटिक औषधि दिइरााखिएको बताए ।

 बेलुका साढे १० बजे देखी च्याप्दै गयो

केही दिन देखी निमोनिया र ज्वरोको समस्या देखिएका कोइरालालाई चिकित्सक र परिबारले मौसमी समस्याको रुपमा लिएका थिए । तर सोमबार बेलुका उनको स्वास्थ्य अचानक बिग्रियो । ‘बेलुका साढे १० बजेपछि अचानक विग्रिएको हो । हामीले आवश्यक औषधिहरु चलाउदै गयौँ तर निको भएन अन्ततः १२ .५० मा उहाँको निधन भयो,’  डा. योगीले भने ।

अस्पताल किन लगिएन ?
कोइराला निवास महाराजगञ्जबाट एक किलोमिटर दुरीमा त्रिवि शिक्षण अस्पताल छ , दुई किलोमिटरमा ओम हस्पिटल र गंगालाल हस्पिटल छ । ४ किलोमिटर पर जाँदा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल छ तर साढे दश बजे देखी समस्या भएका कोइरालालाई परिबार र आफन्तले अस्पताल पुरयाएनन् ।

डा. योगीले ठिक होला भन्दा भन्दै व्यथाले च्याप्दै जाँदा एम्वुलेन्स बोलाउन समेत ढिला भएको प्रतिक्रिया दिए । उनले भने, ‘पहिले ठिक होला भन्ने भयो तर भएन अन्तमा एम्बुलेन्स खोज्न समेत भ्याइएन ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *