मनमोहन सञ्चालकहरुको नयाँ प्रस्ताव : कि ट्रष्ट बनोस, कि सरकारले किनोस

Manmohan_memorial_college_716712107

रामप्रसाद न्यौपाने / काठमाडौँ – प्रतिष्ठान बनाउने प्रक्रिया समेत विवादित बनेपछि प्रस्तावित मनमोहन मेडिकल कलेजका सञ्चालकहरुले संस्थालाई ट्रष्टको रुपमा सञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन् । उनीहरुले त्यो पनि नभए सरकारले सम्पूर्ण रुपमा पूर्वाधार खरिद गरि मनमोहन अधिकारीकै नाममा सरकारी अस्पताल सञ्चालन गर्न आग्रह गरेका छन् ।

९० प्रतिशत भन्दा बढी एमाले समर्थक सदस्य रहेको प्रस्तावित मनमोहन मेडिकल कलेजका लगानीकर्ताहरुको मंगलबार बसेको बैठकले पार्टीको प्रतिष्ठामा समेत आँच पुगेको भन्दै नाफामुलक संस्थाबाट पछि हट्ने निर्णय गरेको थियो ।

उनीहरुले पहिलो प्रस्ताव मुनाफा रहित मनमोहन अधिकारी ट्रष्ट बनाउने र त्यसैबाट प्रतिष्ठान सञ्चालन गर्ने निर्णय गरेका थिए । ट्रष्टमा अहिलेका लगानी कर्ताहरुसहित सरकारी अधिकारीहरुको उपस्थिति रहने प्रस्ताव गरिएको छ । यदि त्यो समेत मान्य नभए सम्पूर्ण सम्पत्ति सरकारले खरीद गरि बीर अस्पताललाई केन्द्रीय अस्पताल बनाई सो भवनलाई उसैको मातहतमा रहने गरी मनमोहन मेमोरियल व्लकको रुपमा सञ्चालन गर्न प्रस्ताव गरेका छन् ।

सरकारलाई गरिन लागेको सरकारले यो प्रस्ताव मानेमा संसदमा छलफलको क्रममा रहेको मनमोहन चिकित्साविज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिन लगाउने सम्मको तयारी छ । ‘यो विधेयकमा ६० वटा बढी संसोधन प्रस्ताव दर्ता भएको छ । कसैले हामीले निर्णय गरेका कुरा नै संसोधनमा हालेका छन् । कसैले हाल्दै छन् । त्यसैले सरकारसंग कुरा मिलेको खण्डमा हामी ‘व्याक’ हुन तयार छौँ,’ एक सदस्यले नेपाली हेल्थसंग भने।

‘यो विधेयकमा ६० वटा बढी संसोधन प्रस्ताव दर्ता भएको छ । कसैले हामीले निर्णय गरेका कुरा नै संसोधनमा हालेका छन् । कसैले हाल्दै छन् । त्यसैले सरकारसंग कुरा मिलेको खण्डमा हामी ‘व्याक’ हुन तयार छौँ,’

उपाध्यक्ष प्राडा कोइरालासंग सञ्चालकहरुको छलफल

यसैबीच उच्चस्तरीय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा भगवान कोइरालासंग प्रस्तावित मनमोहन मेडिकल कलेजका सञ्चालकहरुले भेट गरेका छन् । बुधबार दिउसो त्रिवि शिक्षण अस्पतालमा पुगी उनीहरुले कोइरालासंग भेट गरेका हुन् । भेटमा सहभागी एक जना सञ्चालकले आफूहरु मंगलबारको निर्णयबारे जानकारी गराउन साथै सल्लाह गर्न आएको बताए ।

उनले मनमोहनको केसको टुंगो लगाउने निर्णय गरिएको त्यसको जानकारी दिदै सोही अनुसारको लविङ गरिदिन डा. कोइरालालाई आग्रह गरेको पनि बताए ।

उता डा. कोइरालाले भने मनमोहनको विषय आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै अनौपचारिक छलफल गर्न आएको बताए । ‘उहाँहरु आउनु भएको थियो । नयाँ निर्णय गर्नुभएछ । सुनाउनु भएको थियो । मैले आफूलाई लागेको सुझाव दिएर पठाएँ ‘ नेपाली हेल्थसंग कोइरालाले भने ।

भेट गर्न एमाले सभासद डा. बंशिधर मिश्र, मनमोहन सहकारीका सचिव रामकुमार अधिकारी,  पूर्व निर्देशक डा. रामप्रसाद श्रेष्ठ  लगायतका ५ जनाको टोली पुगेको थियो । मनमोहनको विवाद मिलाउन काउन्सिल प्रवक्ता समेत रहेका डा. कृष्ण अधिकारीले मध्यस्थता गरिरहेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

4 thoughts on “मनमोहन सञ्चालकहरुको नयाँ प्रस्ताव : कि ट्रष्ट बनोस, कि सरकारले किनोस

  1. साथीहरुको बल्ल बुद्धि फिरेछ । यस्तो बुद्धि पहिल्यै आएको भए न माफियाको ट्याग भिर्नु पथ्र्यो । नत खुरापातीमा लाग्नुपथ्र्यो बित्थामा दुख बेसाएर

  2. is Krishna Adhikari still roaming around?…had read news about akthiyar doing some investigations…Hasn’t he been jailed for accumulation of excessive wealth?

  3. @harischandra ji
    Dr Krishna adhikari sangha excessive property chha bhane magna jauna tapai ra ma ….. Na painchha ki……. Tapailai Dr Krishna ko sabai kura thaha raichha phone garera bhetne time milaunas na

Leave a Reply to बिनोद गैरे Cancel reply

Your email address will not be published. Required fields are marked *