सम्झौँता कार्यान्वनय नभए आन्दोलनमा जाने नर्सिङ संघको तयारी

tara1

नेपाली हेल्थ / काठमाडौँ – विगतका सम्झौताको कार्यान्वनय नभएको भन्दै नेपाल नर्सिङ संघले सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ । उनले तोकिएको समय भित्र माग पुरा नगरिए आन्दोलन अघि बढाउने बताएको छ । आफ्ना माग बारे जानकारी दिन विहीबार स्वास्थ्य मन्त्रालय पुगेको संघले मन्त्री र सचिव नभेटेपछि फिर्ता भएको थियो । आउदो आइतबार मन्त्री र सचिवलाई भेटेपछि माग पत्र बुझाई कार्यान्वयनका लागि समयसीमा निर्धारण गरिने संघले जनाएको छ ।

संघका अध्यक्ष तारा पोखरेलले २०६६ सालमा नर्सहरु आन्दोलित हुँदा सरकारले गरेको सम्झौता अझै कार्यान्वनय नभएको भन्दै ध्यानाकर्षण गराउन लागिएको बताइन । उनले माग पुरा गर्न अब पनि आलटाल गरिए नर्सहरु सेवा छाडेर आन्दोलनमा उत्रने चेतावनी दिइन ।

संघका प्रमुख मागहरु स्वास्थ्य क्षेत्रको उपल्लो तहमा नर्सहरुको पहुच र दरवन्दी मिलानको विषय छ । उसले स्वास्थ्य मन्त्रालयमा अधिकारप्राप्त नर्सिङ महाशाखा गठन गरिनुपर्ने, स्वास्थ्य सेवा विभाग अन्तर्गतको ७ वटा महाशाखा मध्ये कम्तीमा दुईवटामा नर्स प्रमुख बनाइनु पर्ने, पाँचवटा क्षेत्रीय स्वास्थ्य निर्देशनालय मध्ये कम्तीमा एउटा कार्यालयको प्रमुख नर्स हुनुपर्ने प्रमुख माग उठाएको छ ।

त्यस्तै विरामी र नर्सको अनुपात जनरल वार्डमा ८ः१ र आइसियु सिसियु तथा डेलिभरी वार्डमा १ः१ हुनुपर्ने छ । अहिले सरकारी अस्पतालका जनरलवार्डमा एक नर्सले ४० जना भन्दा बढी विरामी हेर्नुपर्ने हुन्छ । जवकी विश्व स्वास्थ्य संगठनले जनरल वार्डमा १ नर्सले ६ जना विरामी हेर्न सक्ने मापदण्ड बनाएको छ । नर्सहरुलाई न्युनतम पारिश्रमिक उपलव्ध गराउनुपर्ने । भोलेन्टियर गराउने संस्थालाई कारबाही गर्ने लगायतका माग पनि अघि सारेको छ ।

अध्यक्ष पोखरेल भन्छिन, ‘मुलुकभरका ६० हजार नर्सको माघ हुन यी यसलाई अवमुल्यन गरियो भने त्यसको प्रतिफल ठिक हुने छैन ।’ उनले मन्त्रालयमा १२ हजार चिकित्सकलाई चिकित्सक महाशाखा दिइएको तर ६० हजार नर्सका लागि खोलिएको महाशाखा अधिकार विहीन रहेको बताइन । ‘दरबन्दी थप्दैन । विएन पढेकाले अनमीको दरवन्दीमा दरखास्त हाल्नु पर्ने बाध्यता छ । अनि त्यो अनमीले के मा दरखास्त हाल्ने होला । उसले जागिर कहाँ खाने ?’ नेपाली हेल्थसंग उनले भनिन , ‘अव पनि राज्यले खेलाँची गर्दै गयो भने देशभरका नर्सहरु काम छाडी फिल्डमा गई बस्नेछन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *