ओली सरकारको ९० दिनमै स्वास्थ्यले पठायो १०० दिनको उपलव्धी (विवरण सहित)

MoHP-Nepal

नेपाली हेल्थ /काठमाडौँ – स्वास्थ्य मन्त्रालयले केपी ओली नेतृत्वको सरकार बनेपछि एक सय दिन भित्र गरेका प्रमुख कार्यहरुको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पठाएको छ । तर गत शुक्रबार मन्त्रिपरिषदमा विवरण पठाउँदा ओली सरकार गठन भएको ९० दिन मात्रै पुगेको थियो ।

नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार स्वास्थ्यले आफ्ना उपलव्धीमा नियमित फुटकर कामलाई नै उपलव्धीको रुपमा प्रस्तुत गरेको छ ।विपन्नलाई खर्च बाँढेको, उपचार गरेको , मुटुको भल्व फेरेको लगायतका कुराहरुलाई मुख्य उपलव्धीको रुपमा प्रस्तुत गरेको छ । जुन बर्षौ अघि देखी चल्दै आएको नियमित फुटकर काम हो ।

प्रधानमन्त्री कार्यालयलाई बुझाएको एक सय दिनको प्रगतिमा खोप सेवा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संसदबाट पारित भएको समेत उल्लेख छ । ७५ बर्ष माथिका ८० जना र १५० जना बालबालिकाको निशुल्क मुटुरोगको उपचारको व्यवस्था मिलाइएको उपलव्धीमा उल्ले गरेको छ । त्यस्तै यो अवधीमा पाँच सय कुष्ठप्रभावितलाई उपचार खर्च प्रदान गरिएको ,१५ बर्ष मुनिका ८ जना क्यान्सर पिडीत बालबालिकाको निशुल्क उपचरा भएको , एमडीएमस निशुल्क अध्ययन गराउने कार्यक्रम बीरमा कार्यान्वनय गरिएको लगायतको काम देखाएको छ ।

मन्त्रालयले ४४ प्रकारका औषधि फास्टट्रयाक पद्धतीबाट खरीद प्रक्रिया अघि बढाइएको जनाएको छ । त्यस्तै औषधि अभाव हुन नदिन र समन्वय गर्न मन्त्रालयमा हेल्पडेस्क सञ्चालनमा ल्याएको समेत आफ्नो उपलव्धीमा राखेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई ९० दिनमै पठाएको १०० दिनको उपलव्धी यस्तो छ  :

(सम्माननीय प्रधानमन्त्रीज्यूको मन्त्रीपरिषद्को १०० दिनको कार्यकालमा स्वास्थ्य मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरु /उपलव्धीहरु)

  • खोप सेवा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७२ संसदवाट पारित ।
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संसदवाट पारित ।
  • सन् २०१७ सम्म पूर्ण खोप घोषणा गर्ने उद्देश्य अनुरुप ५ जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा साथै सन् २०१९ सम्ममा दादुरा रुवेला रोग निवारण गर्ने राष्ट्रिय प्रतिवद्धता अनुरुप चौथो दादुरु रुवेला खोप अभियान २०७२ सञ्चालन ।
  • ७५ बर्ष माथिका ८० जना, १५ बर्ष मुनिका १५० जना वालवालिकाको निशुल्क मुटु रोगको उपचार, ३० जना मुटुका विरामीलाई निशुल्क भल्भ बितरण ।
  • ५०० जना कुष्ठ रोगवाट ग्रसीत विरामीहरुलाई उपचार खर्च प्रदान तथा भूकम्पवाट अति प्रभावित १४ जिल्लामा अपाङ्ग व्यवस्थापन तथा पुनर्स्थापना सम्वन्धी विशेष कार्यक्रम सञ्चालन र पानीको गुणस्तर सम्वन्धी सर्भिलेन्स कार्य सम्पन्न ।
  • १५ बर्ष मुनिका ८ जना क्यान्सर पिडित वालवालिको निशुल्क उपचार ।
  • MD/MS निशुल्क अध्ययन गराउने कार्यक्रम अन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा विद्यार्थीहरुसंग करार सम्झौता सम्पन्न गरी अध्ययन सुचारु ।
  • विद्यमान असहज परिस्थितमा निशुल्क स्वास्थ्य सेवा सुचारू राख्न ४४ प्रकारका अत्यावश्यक औषधिहरू द्रुत प्रक्रियावाट खरिद गर्ने निर्णय भएको ।
  • औषधि आपुर्तिको असहज अवस्थालाई मध्यनजर गर्दै Health Desk स्थापना गरी निजी क्षेत्र समेतको सहकार्यमा सहजिकरण, ६ किसिमका भ्याक्सिन तथा अत्यावश्यक औषधिहरुको खरिदको लागि सम्झौता ।
  • देहाय अनुसार बिपन्न नागरिक औषधि उपचार सेवा प्रदान गरिएको
सि.नं.रोगको नामनयाँ विरामीको संख्या
१.क्यान्सर१५९४
२.हेमो डायलासिस३७०
३.पेरिटोनियल२२
४.मुटु७०२
५.पार्किन्सन्स
६.अल्जाइमर्स
७.स्पाइनल इन्जुरी
८.सिकलसेल एनिमिया७७
९.मृगौला प्रत्यारोपणका विरामी४७
जम्मा२७७४

 

 भुकम्प पछिको पुननिर्माण र पुनस्र्थापना सम्वन्धी क्रियाकलापहरु

  • भूकम्पवाट अति प्रभावित १४ जिल्ला र अन्य १७ जिल्लामा भुकम्पवाट क्षति भएका स्वास्थ्य संस्थाहरुको निर्माण तथा मर्मत कार्यका लागि रु. १ अर्ब ५० करोड बराबरको कार्यक्रम स्वीकृत भएको,
  • भूकम्पवाट अति प्रभावित उपत्यका वाहेकका ११ जिल्लाका मेडिकल अधिकृतहरुलाई मेन्टल हेल्थ स्वास्थ्य सम्वन्धी तालिम, ७ जिल्लामा मेडिकल टिम परिचालन ।
  • भूकम्पवाट अति प्रभावित १४ जिल्लाका क्षतिग्रस्त स्वास्थ्य संरचना पुननिर्माण तथा सेवा पुनर्स्थापनाका लागि निम्न कार्यहरु गरिएको ।
  • स्वास्थ्य संग सम्वन्धित विभिन्न कार्यहरु गर्न ४४ वटा दातृ निकायहरुसंग रू. ३ अर्व ८४ करोड लागतको योजना कार्यान्वयन गर्न संझौता गरिएको ।
  • २७२ स्वास्थ्य संस्थाहरूको सेवा पुनर्स्थापनार्थ गर्न सहयोग ।
  • २३८ वटा स्वास्थ्य संस्था प्रिफ्याव प्रविधिवाट निर्माण गर्न संझौता ।
  • ५२ वटा अर्धस्थाई प्रकृतिका स्वास्थ्य आस्रय भवन निर्माण गर्न सम्झौता ।
  • २८ वटा क्षतिग्रस्त स्वास्थ्य संस्था मर्मत ।
  • २२६ स्वास्थ्य संस्थालाई औजार उपकरण तथा फर्निचर उपलब्ध गराइएको ।
  • १२ जिल्लामा मनोसामाजिक परामर्श, आकस्मिक प्रजनन् स्वास्थ्य, स्वास्थ्य शिविर संचालन र क्षमता अभिवृद्धि गर्ने कार्य सम्पन्न ।
  • अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सहयोगमा सिन्धुपाल्चोक जिल्ला अस्पतालको प्रिफ्याव भवन निर्माण सम्पन्न ।
  • सोसिएल वएलफेअर एसोसिएसन नेपालको सहयोगमा गोर्खामा २ वटा आस्रय भवन निर्माण सम्पन्न ।
  • मिडवाइफरी समाज नेपालको सहयोगमा काठमाण्डौ, भक्तपर र ललितपुर जिल्लामा १५ शिविर संचालन,
  • आकस्मिक सेवा, शल्य क्रिया कक्ष, सघन उपचार कक्ष जस्ता संवेदनशील सेवालाई प्राथमिकता दिइ ५० शैया देखि माथिका सरकारी अस्पतालहरुमा वैकल्पिक उर्जाका रुपमा सोलार प्रणाली जडान गर्ने कार्य योजना बनाइएको ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “ओली सरकारको ९० दिनमै स्वास्थ्यले पठायो १०० दिनको उपलव्धी (विवरण सहित)

  1. भयंकर नयाँ नौलो काम सुरु गरेको भएपो उपलव्धी भन्नु । यस्तो जावो पैसा बाढ्ने काम पनि उपलव्धी हुन्छ ? मन्त्रालयका साथीहरुले जागीर खाने काम गरेछन् ।

  2. हैट ! स्वास्थ्य मन्त्रालय एक कदम अगाडी रहेछ । ९० दिनमै सय दिनको उपलव्धी पठाउने

Leave a Reply to Bijay Rana Cancel reply

Your email address will not be published. Required fields are marked *