प्रधानमन्त्री ओलीको बालुवाटारमै दन्त परीक्षण

प्रधानमन्त्री ओलीको दाँतको उपचार गर्दै चिकित्सकहरु
‘मोवाइल डेन्टल भ्यान’भित्र प्रधानमन्त्री ओलीको दाँतको उपचार गर्दै चिकित्सकहरु

नेपाली हेल्थ/काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार बालुवाटारमै मुख स्वास्थ्य परीक्षण तथा दाँतको उपचार भएको छ । बसुन्धरास्थित कान्तिपुर डेण्टल कलेज शिक्षण अस्पतालबाट खटिएको चिकित्सकहरुको टोलीले ओलीको बालुवाटारमै परीक्षण र उपचार गरेको हो ।

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठको नेतृत्वमा अत्याधुनिक मोवाइल डेन्टल भ्यान सहित पुगेको चिकित्सकको टोलीले विहान १० देखी १२ बजेसम्म ओलीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।

12463746_10153797045042103_487321629_n

परीक्षणका क्रममा चिकित्सकहरुले प्रधानमन्त्री ओलीको माथिल्लो भागको दाँया पट्टीको दुईवटा बंगराको एक्सरे समेत गरेका थिए । त्यस्तै दाँतको सफाई, माथिपट्टीको दाहिने बंगरा र तल पट्टीको देब्रे बंगरामा फिलिङ समेत गरेका थिए ।

उपचारमा सहभागी चिकित्सकका अनुसार ओलीको चारवटा बंगरा दाँत किराले खाएको छ  । ती मध्ये एउटा बंगरा भने निकाल्नै पर्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्रीले उपयुक्त समय मिलाएर दाँत उखल्ने बताएका छन् ।

3

चिकित्सक टोलीको नेतृत्व गरेका डा श्रेष्ठले प्रधानमन्त्री मुख स्वास्थ्यमा निकै सचेत रहेको बताए । उनले अर्को पटक कान्तिपुरमै आएर दन्त परीक्षण गर्ने बतााएको समेत जानकारी दिए ।

बालुवाटारमै ओलीको उपचार गर्न  हस्पिटलबाट डा. श्रेष्ठको नेतृत्वमा ओरल मेडिसिन एण्ड रेडियोलोजिष्ट डा. अंकित साह, इन्डोडोन्टिस्ट डा. सन्ध्या श्रेष्ठ, पेरियोडोन्टिस्ट डा. सुजया गुप्ता सहित केही असिस्टेन्सको टोली पुगेको थियो । प्रधानमन्त्री ओलीले गतवर्ष पनि कान्तिपुर डेन्टलमा गई दन्त परीक्षण तथा उपचार गराएका थिए ।

5

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “प्रधानमन्त्री ओलीको बालुवाटारमै दन्त परीक्षण

  1. तत्कालिन राष्ट्रपति दाँत जाच्न बीर अस्पताल जान्थे क्यारे अहिलेका प्रधानमन्त्रीलाई ओच्छयानमै डाक्टर चाहिने ..

Leave a Reply to Ramesh Raj Paudel Cancel reply

Your email address will not be published. Required fields are marked *