जसको रगतले २० लाख शिशुलाई बचायो

एजेन्सी/ सिड्नी-

James-Harrison

 बाहिरबाट जेम्स ह्यारिसन सामान्य मानिसजस्तै देखिन्छन् । उनी आफ्नी छोरी र नातिनतिनालाई माया गर्छन्, हुलाक टिकट संकलन गर्छन् र अस्ट्रेलियाको मध्य कोस्टमा रहेको उनको घरबाट ‘वाक’मा जान्छन् । तर, उनलाई उनको भित्री कुराले अद्वितीय बनाएको छ, उनको रक्तनलीमा बगिरहेको रगतले ।

‘द म्यान विथ द गोल्डेन आर्म’ भनेर चिनिने उनले ६० वर्षदेखि हरेक साता दायाँ पाखुराबाट ‘प्लाज्मा’ दान गर्दै आएका छन् । कारण थाहा पाउन उनले बाल्यकालमा भोगेको गम्भीर चिकित्सकीय स्थितिलाई खोतल्नुपर्छ ।

‘सन् १९५१ मा छातीको शल्यक्रिया गरेर मेरो एउटा फोक्सो निकालिएको थियो । त्यतिवेला म १४ वर्षको थिएँ,’ अहिले ७८ वर्ष पुगेका ह्यारिसन सम्झन्छन्, ‘शल्यक्रिया भएको केही दिनपछि मेरो बुबाले मलाई सबै कुरा भन्नुभयो । मेरो शरीरमा १३ युनिट रगत दिइएको थियो । अपरिचित डोनरहरूले मलाई नयाँ जीवन दिएका थिए । मेरा बुबा आफैँ पनि डोनर थिए, त्यसैले उमेर पुग्ने भएपछि मैले पनि रक्तदान गर्ने निधो गरेँ ।’ घातक समस्या केही वर्षपछि ह्यारिसन पनि डोनर बने ।

एक दिन चिकित्सकहरूले उनलाई डाकेर उनको रगत घातक समस्याको समाधान हुन सक्ने बताए । ‘सन् १९६७ मा अस्ट्रेलियामा हजारौँ शिशुहरूको मृत्यु हुन्थ्यो । चिकित्सकहरूलाई यसको वास्तविक कारण थाहा थिएन । त्यो डरलाग्दो आँकडा थियो,’ अस्ट्रेलियन रेडक्रस ब्लड सर्भिसकी जेम्मा फाल्केनमायरले भनिन्, ‘महिलाहरूमा गर्भपात भइरहेको थियो र भर्खरै जन्मिएका शिशुहरूमा पनि मस्तिष्कमा समस्या थियो ।’ रेसस रोगका कारण यस्तो भइरहेको थियो । यो रोग भएका गर्भवती महिलाको रगतले भ्रुणको रक्त कोषिकामाथि हमला गर्छ । यसले मस्तिष्कमा क्षति मात्र पुर्‍याउँदै ज्यानै पनि लिन सक्छ । रेसस निगेटिभ भएका गर्भवती महिलाको रगतले रेसस पोजिटिभ भएको भ्रुणको रक्त कोषिकाको विनाश गर्छ ।

हेरिसनको रगतमा असामान्य एन्टिबडी फेला पर्‍यो र सन् १९६० को दशकमा चिकित्कसहरूले उनको रगतबाट ‘एन्टि–डी’ नामको एउटा इन्जेक्सन विकास गरे । यो एन्टिबडीले आमाको रगतबाट ‘आरएचडी एन्टिबडी’को विकासलाई रोक्छ । अमूल्य उपहार ह्यारिसनको रगत अमूल्य छ ।donor-james-harrison-2

अस्ट्रेलियन रेड क्रस ब्लड सर्भिसका अनुसार उनी र एन्टी–डीले २० लाखभन्दा बढी शिशुलाई बचाएको छ । एकजना व्यक्तिको रगतबाट २० लाखभन्दा बढीको ज्यान बचेको छ । ‘रगतको हरेक पोका अमूल्य छ, तर विशेषगरी जेम्सको रगत अद्वितीय छ,’ फाल्केनमायरले भनिन्, ‘उनको रगतलाई जीवनरक्षक औषधि बनाउन प्रयोग गरिन्छ । अस्ट्रेलियामा बन्ने हरेक एन्टी–डी जेम्सकै रगतबाट बनेको छ ।’ ‘यो रोगबाट अस्ट्रेलियाका १७ प्रतिशत महिला जोखिममा हुन्छन् । जेम्सले धेरैको ज्यान बचाएका छन्,’ उनले अगाडि भनिन्। पाँच साताअघि जन्मिएका स्यामुलयलाई पनि उनकै रगतबाट बचाइएको हो । उनकी आमा क्रिस्टी पास्चरले दोस्रोपटक गर्भवती भएका वेला एन्टि–डी लिएकी थिइन् । ह्यारिसनको एन्टिबडी लिएकी क्रिस्टीको स्यामुअल चौथो सन्तान हो । उनको रगत किन यस्तो दुर्लभ प्रकृतिको भयो भन्ने जवाफ चिकित्सकहरूसँग अझै पनि छैन । उनीहरूलाई लाग्छ सानो वेला गरिएको ‘ट्रान्फ्युजन’का कारण यस्तो भएको हुन सक्छ ।

रेडक्रसका अनुसार पूरै अस्ट्रेलियामा उनीजस्ता ५० जना एन्टिबडीयुक्त रगत भएका मानिस छन् । ह्यारिसनलाई राष्ट्रिय नायक मानिन्छ र उनले धेरै पुरस्कार पनि जितेका छन् । उनले एक हजारभन्दा बढीपटक ‘प्लाज्मा’ गरिसकेका छन् । जतिसुकै दान गरे पनि उनको रगतमा कुनै परिवर्तन देखिएको छैन । ‘तर, मैले मेरो पाखुरामा सुई छिरेको एकपटक पनि हेरेको छैन,’ उनी भन्छन्, ‘म माथितिर वा नर्सहरूलाई हेर्छु । उनीहरूसँग कुरा गर्छु, तर कहिल्यै सुई घुसेको हेरको छैन । म रगत हेर्न सक्दिनँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *