भर्चुअल

खोपमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौँ, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा असङ्क्रमणीकरणका लागि विश्वव्यापी गठबन्धन(जिएभिआई) ले खासगरी स्वास्थ्यसम्बन्धी दिगो विकासका लक्ष्य प्राप्ति तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको सराहना गरिन् ।