भक्तपुर अस्पताल

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पिसिआर नेगेटिभ

मेश गिरी भक्तपुर, २७ जेठ । भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको हो ।