जनस्वास्थ्य संकटकाल

देशमा जनस्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव अघि बढाउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २१ जेठ । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढदै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा जनस्वास्थ्य संकटकाल (पब्लिक हेल्थ इमर्जेन्सी)  घोषणा गर्नु पर्ने निस्कर्ष निकालेको छ । बुधबार बसेको स्वासथ्य मन्त्रीस्तरीय बैठकले सो सम्वन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय समेत गरेको छ ।