स्पेसल

नेपाल रेडक्रसलाई चिनियाँ रेडक्रसले दियो १ लाख डोज भेरोसेल

काठमाडौँ, ८ असोज । नेपाल रेडक्रस सोसाइटी चीनबाट एक लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल प्राप्त गरेको छ । चिनियाँ रेडक्रसले अनुदान सहयोगमा नेपाल रेडक्रसलाई सो परिमाणमा खोप उपलव्ध गराएको हो ।

शुक्रबार थप १४७६ जनामा कोरोना संक्रमण, १५५० जना संक्रमणमुक्त

काठमाडौँ, ८ असोज। पछिलो चौबिस घण्टामा देशभर १ हजार ४७६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ५५० जना निको भई डिस्चार्ज भएका छन् ।

एक लाख ६३० डोज फाइजर खोप दशैं अघि नै आउँदै

काठमाडौँ, ८ असोज । बालबालिकाहरुका लागि समेत दिन मिल्ने भनिएको कोभिडबिरुद्धको अमेरिकन खोप फाइजरको एक लाख ६३० डोज दशै अघि नै नेपाल आउने निश्चित भएको छ । यसरी आउने एक लाख डोज खोप नेपालले कोभ्याक्स सुविधा अन्तरगर्त पाउन लागेको हो ।

‘अनुसन्धानको प्रतिवेदनले  सरकारलाई महामारी व्यवस्थापनका लागि नीतिगत निर्णय लिन सजिलो भएको छ’

एउटा उत्कृष्ठ मेडिकल पर्सन बन्नका लागि क्लिनिकल प्राक्टिससंगै रिसर्च र एकेडेमिक स्कील जोडिएर आएकै हुनुपर्छ । अर्थात, उत्कृष्ठ भनिएको मेडिकल पर्सनसंग यी तीन चीजको अन्योन्यास्रित सम्वन्ध हुन्छ ।