केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) सर्ने बारे जानकारी

२०७२ बैशाख १२ को महाभूकम्पले  भृकुटीमण्डपमा रहेको यस केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र(ब्लड बैंक)को भवनमा गम्भीर क्षति पुगेकोले यस भवन भत्काई नयाँ भवन बनाउने योजना रहेकोले मिति २०७२ साल पौष ६ गते देखि केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र(ब्लड बैंक)बाट उपलब्ध हुने सम्पूर्ण सेवा ललितपुर जिल्लाको बालकुमारीस्थित आकस्मिक रक्तसञ्चार सेवा भवनबाट उपलब्ध गराइने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछौं । यसबाट सम्बन्धितमा पर्ने असुविधाको लागि क्षमाप्रार्थी छौं ।

बालकुमारीमा रहेको ब्लड बैंकमा जाने नक्सा यसप्रकार छ :
location-map

 

नेपाल रेडक्रस सोसाइटी
केन्द्रीय रक्तसञ्चार  सेवा
फोन नं. ०१४२२५३४४  र  ०१४२२९३४४