यी हुन् आँखा पाक्ने रोग ‘भाइरल कन्जग्टिवाइटिस’ लागेमा ध्यान दिनुपर्ने कुराहरु

468
Shares

काठमाडौँ, २३ साउन । पछिल्लो समय देशैभरका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ ।  अहिले आँखा अस्पतालहरुमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको छ ।

आँखा पाक्ने रोग भाइरल कन्जग्टिवाइटिस लागेमा ध्यान दिनुपर्ने कुराहरु:

  • बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने
  • आँखा नमिच्ने र आँखामा पानीले नछ्याप्ने
  • आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि साबुन पानीले हात हुने
  • प्रसस्त मात्रामा पोषिलो खाना खाने
  • बाहिर घाममा जाँदा कालो चस्मा लगाएर जाने
  • संक्रमित ब्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन साफा गर्ने वा धुने
  • संक्रमित ब्यक्तिले प्रयोग गरेको सामान अन्य ब्यक्तिलाई प्रयोग गर्न नदिने

लक्षणहरु: 

  • आँखा रातो हुने र चिलाउने, आँखाबाट आँशु बगिरहने वा कचेरा, चिप्रा लाग्ने
  • आँखाको ढकनी रातो हुने, सुनिने
  • आँखा बिझाउने दुख्ने
  • घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

 

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *