सीओपीडी : भ्रम र यथार्त
COPD दम के हो ?
• COPD दीर्घकालिन श्वास प्रश्वास सम्बन्धि रोग हो
• यस रोगमा कमजोर श्वासप्रश्वास प्रवाह हुन्छ
• विशेषत: यो समय सँगै बिग्रँदै जान्छ
• समयमै गरे यसरोगको रोकथाम र उपचार सम्भव छ
COPD दमका कारणहरू
• धुम्रपान
• बाह्य वायु प्रदुषण(धुँवा, धुलोआदि)
• घर भित्र हुने वायु प्रदुषण (चुल्होमा गुईठो, पराल, दाउरा आदिको प्रयोग)
• पेशागत जोखिम
• बंशानुगत जोखिम
नेपालमा COPD को जोखिम उच्च छ
• नेपालमा प्रत्येक तीन जना मध्ये एक जना (हाल / बिगत) मा धुम्रपान गर्छन/गर्थे
• नेपाल विश्वको पाँचौ बायु प्रदुषण भएको देश
• बर्षेनी १०,००० नेपालीले बायु प्रदुषणका कारण ज्यान गुमाई रहेका छन्
COPD दमका लक्षणहरू
• मुख्य लक्षणहरू :
o श्वास प्रश्वासमा समस्या – स्वाँ स्वाँ हुने
o खोकी – सेतो वा पहेलो खकार
• अन्य लक्षणहरू :
o छाति घ्यार-घ्यार कराउने
o औला वा जिब्रो निलो हुने
o दुवै खुट्टा सुन्निने
o पटक पटक छातीको संक्रमण हुने
COPD रोगकोअवस्था
• WHO- Global Burden Of Disease (2016) का अनुसार संसारमा २५ करोड मानिस COPD बाट प्रभावित छन् ।
• बार्षिक ३१.७ लाख मानिसले COPD का कारण ज्यान गुमाउनु पर्छ ।
• हाल COPD अकाल मृत्युको चौथो प्रमुख कारण हो । सन् २०३० सम्म यो रोग तेश्रो प्रमुख कारण बन्नेछ ।
• 90% COPD सम्बन्धि मृत्यु कम विकसित र अतिकम विकसित देशहरूमा हुन्छ ।
• नेपालमा प्रत्येक दश जनामा एक जनालाई COPD दमरोग छ।
• नसर्ने रोगहरू मध्ये COPD नेपालमा सबभन्दा बढी पाइएको रोगहो।
• नेपालमा COPD दमका रोगिहरू (११.७%)मधुमेह (८.५%) , मृगौला सम्बन्धि रोग (६ %) र मुटुको रक्तनली सम्बन्धि रोग (२.९%) भन्दा धेरै छन् ।
COPD दमका प्रादेशिक अनुपात :
- कर्णाली प्रदेश – २५.१ % (प्रत्येक ४ मध्ये १ जनालाई COPD दमरोग छ)
- प्रदेश नम्बर २ – १६.४% ( प्रत्येक ६ मध्ये १ जनालाई COPD दमरोग छ)
- सुदुरपश्चिम प्रदेश – १४.३% ( प्रत्येक ७ मध्ये १ जनालाई COPD दमरोग छ)
- प्रदेश नम्बर ३- ११.७ % (प्रत्येक ९ मध्ये १ जनालाई COPD दमरोग छ)
- प्रदेश नम्बर ५- ९.५ % (प्रत्येक १० मध्ये १ जनालाई COPD दमरोग छ)
- प्रदेश नम्बर १- ६.२% (प्रत्येक १६ मध्ये १ जनालाई COPD दमरोग छ)
- गण्डकी प्रदेश – ६% (प्रत्येक१६मध्ये१जनालाईCOPD दमरोग छ)
• नेपालमा करिब ३% COPD बिरामी मात्र सहि उपचार पद्दतिमा संलग्न छन्
COPD उपचार पद्दति:
• नियमित इन्हेलर प्रयोग
• चिकित्सकसंग नियमित जाँच
• जोखिम कम गर्ने– धुम्रपान, बायुप्रदुषण, पेशागत जोखिम आदि
• अन्य रोगको निदानर उपचार
• स्वस्थकरबानी – नियमित व्यायम स्वस्थक र आहार
COPD बारे केहि भ्रमहरू :
भ्रम : COPD दम धेरै मानिसलाई हुँदैन ।
यथार्थ : नेपालमा प्रत्येक दश जनामा एक जनालाई COPD दमरोग छ ।
भ्रम : COPD दम धुम्रपान गर्नेलाई मात्र हुन्छ ।
यथार्थ : दम धुम्रपान गर्नेमा धेरै भएता पनि वायुप्रदुषण र पेशागत जोखिमबाट पनि हुनसक्छ।
भ्रम : उमेर बढ्दै गएपछि स्वाँ स्वाँ हुनु सामान्य हो ।
यथार्थ : स्वाँ स्वाँ हुनु COPD दमको लक्षण हो र उपचार गरेमा पूर्ण निको हुन्छ ।
भ्रम : COPD दमको पूर्ण उपचार सम्भव छैन ।
यथार्थ : सहि उपचार पद्दति अपनाएमा COPD भएका बिरामीहरूले आम मानिस झैँ सामान्य जिवन व्यतित गर्न सक्छन।
भ्रम : COPD भै सके पछि धुम्रपान त्याग्नुकोकुनै मतलब छैन ।
यथार्थ : COPD भएका वा नभएका जो सुकैले धुम्रपान त्यागेमा मृत्युबाट बच्न सकिन्छ ।
भ्रम : इन्हेलर औषधि नराम्रो हो वा शुरुगरेमा बानि पर्छ ।
यथार्थ : COPD उच्च रक्तचाप र मधुमेह जस्तै दीर्घकालिन रोग भएकाले इन्हेलर सधै प्रयोग गर्नुपर्ने हुनसक्छ ।
चुनौतिहरू
• COPD दमरोग सम्बन्धि जनचेतनाको कमि ।
• धुम्रपान बिरुद्धको जनचेतनाको कमि।
• ग्रामिण इलाकामा चुल्होमा गोइठो, पराल, दाउरा आदिको प्रयोग।
• बढ्दो सहरीकरण : बायुप्रदुषण र पेशागत जोखिम।
• भौगोलिक विकटता र गरिबी भएका स्थानमा यस रोगको बढी प्रभाव देखिनु।
• इन्हेलर उपचार पद्दति प्रतिको नकारात्मक धारणा।
• COPD को निदान र उपचार पद्दतिका विधिहरू प्राथमिक उपचार गर्ने संस्थाहरूमा नहुनु।
• स्पाइरोमेट्री तथा सो सम्बन्धि तालिम भएका जनशक्तिको कमि।
• Tertiary तहको चेष्ट हस्पिटलको अभाव – Referral system को विकास हुन नसक्नु।
• महंगो उपचार पद्धती – अधिकांश बिरामी स्वास्थ्य बिमाको पहुँचबाट बन्चित।
COPD सम्बन्धि जनचेतना फैलाएर र नेपालका सबै ठाउँमा र स्वस्थ संस्थाका प्रत्येक तह मा यो रोगको निदान र प्रभावकारी उपचारको पहुँच बढाएर सबै मिली COPD कोअन्त्य गर्न सकिन्छ । यसरोगबाट हुने रुग्णता र मृत्युदर कम गर्न सबैको हातेमालोको आवश्यकता छ। तबमात्र यसबर्षको“All together to end COPD” भन्ने नारा सफल हुने देखिन्छ।
# डा. ढुंगाना वीर अस्पतालका चेष्ट युनिट प्रमुख हुन् ।
सम्पर्क इमेल : [email protected]