बाह्रौँ ‘वर्ल्ड डाउन सिन्ड्रोम’ दिवसको अवसरमा पदयात्रा

काठमाडौँ, ८ चैत । ‘मेरो आवाज, मेरो समुदाय’ भन्ने मूलनाराका साथ ‘बाह्रौँ वर्ल्ड डाउन सिन्ड्रोम’ दिवसको अवसरमा आज पदयात्रा गरिएको छ ।

डाउन सिन्ड्रोम समाज नेपालले आयोजना गरेको उक्त पदयात्रा रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएकोमा दरबार हाइस्कुल, जमल, केशरमहल हुँदै लैनचौरमा पुगेर समापन गरिएको थियो ।

डाउन सिन्ड्रोम भनेको एकप्रकारको अवस्था हो । यो वंशाणुगत गुण आमा तथा बाबु दुवैका कारणले हुन सक्छ । यस अवस्थाका व्यक्तिमा स्वास्थ्य समस्या बढी नै पाइन्छ । उनीहरुको राम्रो स्याहार र उपचार भएमा औसत ४०/५० वर्ष जीवनयापन गर्न सक्छन् ।

यस्ता व्यक्तिमा जन्म भइसकेपछि शारीरिक विकास जुन गतिमा हुनुपर्ने त्यो हुन सक्तैन, उनीहरुको शरीरको जोर्नी खुकुलो र मांशपेसी फितलो अवस्थामा रहने हुँदा नजिकको चिकित्सकको सुझावमा रगत परीक्षण गर्नुपर्ने हुन्छ ।

सामान्य मानिसको ४६ वटा क्रोमोजोम हुन्छ भने डाउन सिन्ड्रोम भएका मानिसको ४७ वटा क्रोमोजोम हुने कारणले शारीरिक तथा मानसिक विकासमा समस्या हुन्छ । यस अवस्थालाई पनि बौद्धिक अपाङ्गताभित्र राखिएको छ । मुलुकमा कुल जनसङ्ख्याको करिब २ प्रतिशत बौद्धिक अपाङ्गतामा पर्ने बताइएको छ ।

डाउन सिन्ड्रोम समाज नेपालका संस्थापक अध्यक्ष शिला थापाले यस अवस्थाका नागरिकलाई उच्चस्तरको शिक्षा निःशुल्क उपलब्ध गराउन संविधानमा व्यवस्था गरिएको भए पनि उनीहरुले अनुसन्धनात्मक अध्ययन गर्न नसक्ने भएकाले सरकारले उनीहरुको रुचिअनुसार नृत्य, सङ्गीत तथा व्यावसायिक शिक्षाको निःशुल्क व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *