अस्पताल बाहिर सुत्केरी प्रकरण : चिकित्सक र नर्स सहित छ जना कर्मचारी निलम्बन

काठमाडौँ, २६ भदौ । अस्पताल बाहिर सुत्केरी प्रकरणमा गजेन्द्रनारायण सिह अस्पताल सप्तरीले चिकित्कस र नर्स सहित छ जना कर्मचारीलाई कामकाजबाट हटाउने निर्णय गरेको छ ।
अस्पतालले डा उषा देव, स्टाफ नर्सद्धय मनिषाकुमारी साह र सजन चौधरी, त्यसैगरी कास रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई छानविन समितिको प्रतिवेदन नआउँदासम्म कामकाजबाट हटाउने निर्णय गरेको जनाएको छ ।
आजै मात्रै स्वास्थ्य मन्त्री निशा मेहताले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सुत्केरी प्रक्ररणमा केही घटनाका बेला डिउटीमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु निलम्बन गरी छानविन अघि बढाइएको बताएकी थिईन ।
गत बुधबार विहान ३० वर्षीया बविताकुमारी पासवान सुत्केरी व्यथा लागेर अस्पताल पुगे पनि उनले पछि मुलगेटमा आई बच्चा जन्माएकी थिईन । बिहीबार विहान देखि सो भिडियो फुटेर सार्वजनिक भएपछि घटनाले चर्चा पाएको हो ।
सरकारले अहिले विभिन्न छानविन समिति गठन गरी घटनाको बारेमा जाँच अघि बढाएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



