राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले सोमबार दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् ।
राष्ट्रपति पौडेल आजै त्रिशूली बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेर स्थलगत अवलोकन गरेर फर्किएका थिए ।
भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको थियो ।
त्यस्तै गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछिको अवस्था र उपलब्धिबारेमा पनि उनले बोल्ने सचिवालयले जनाएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



