भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल

12
Shares

काठमाडौँ, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

सो क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् ।

उनले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धारमा भइरहेका प्रयास तथा बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका छन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *