प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा क्वेस्ट फार्मास्युटिकल्सद्धारा ११ लाख एक हजार प्रदान

12
Shares

काठमाडौँ, १८ भदौ । नेपालको प्रमुख औषधी उद्योगमध्येको एक क्वेस्ट फार्मास्युटिकल्स प्रालिले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ११ लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गत १० गते भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उद्दार, राहत तथा पुर्नस्थापनाका लागि क्वेस्टले सो रकम कोषमा दाखिला गरेको हो ।

क्वेस्टका प्रवन्ध निर्देशक उमेशलाल श्रेष्ठले विनासकारी बाढीबाट प्रभावित व्यक्तिको उद्दार तथा राहत र पुनस्र्थापनाका लागि कम्पनीका तर्फबाट सो रकम सहयोग गरेको बताए ।

उनले कम्पनीका तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत दाखिला गरिएको सो रकमले बाढी पीडितका लागि सहयोग पुग्ने विश्वास गरे ।

बाढीबाट ठूलो जनधनको क्षति पुगेपछि सरकारले सहयोगका लागि सार्वजनिक रुपमा आव्हान गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *