त्रिविको रिक्त रेक्टर पदमा प्राडा सिंह र रजिष्ट्रार पदमा सहप्राडा सिवाकोटीे नियुक्त
काठमाडौं, १६ भदौ । त्रिभुवन विश्वविद्यालयको रिक्त रेक्टर र रजिष्ट्रार पदमा आज दुई जनालाई नियुक्त गरिएको छ । त्रिविका उपकुलपति प्राडा भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार रेक्टरमा प्राडा अन्जना सिंह र रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटीलाई नियुक्त गरेका हुन् ।
नियुक्ती पाएकी सिंह त्रिभुवन विश्वविद्यालय विज्ञान संकायकी प्राध्यापक हुन् भने शिवाकोटी शिक्षा शास्त्र संकायका सह प्राध्यापक हुन् ।
सरकारले गत १९ बैशाखमा अध्यादेशमार्फत त्रिविका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो । गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारको नियुक्ति हुनसकेको थिएन ।
यसअघि निमित्त रजिस्ट्रारमा प्राडा महानन्द चालिसे र रेक्टर प्राडा शंकर खनाल थिए।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



