नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य विज्ञान समितिमा रिक्त पदाधिकारी, सदस्य तथा सल्लाहकार मनोनयन

52
Shares

काठमाडौं, १५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को स्वास्थ्य विज्ञान समितिमा रिक्त रहेका पदाधिकारी, सदस्य तथा सल्लाहकार मनोनयन भएको छ ।

आइतबार संघका केन्द्रीय कार्यकारिणी सदस्य विप्लव अधिकारीको अध्यक्षतामा रहेको स्वास्थ्य विज्ञान समितिले एक जना उपसभापति, १६ जना सदस्य, ५ जना सल्लाहकार तथा ५ जना आमन्त्रित सदस्य मनोनयन गरेको हो।

समितिको उपसभापतिमा नेपाल पशुपक्षी औषधी व्यवसायी संघका अध्यक्ष रितेश रिमाल मनोनित भएका छन्।

सो समितिको सदस्यहरूमा नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) का अध्यक्ष शैलेश कँडेल, नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष बुद्धिमान शाक्य, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) की सदस्य रेनुका गुरुङ, नेपाल औषधी थोक व्यवसायी संघका अध्यक्ष गणेश नेपाल र नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका सदस्य सुजन न्यौपाने रहेका छन्।

यसैगरी नेपाल औषधी उत्पादक संघका महासचिव सन्तोष बराल, नेपाल औषधी उत्पादक संघका सदस्य शैलेश वैद्य, नेपाल पशुपक्षी औषधी व्यवसायी संघकी उपाध्यक्ष सुना सुवेदी, स्वास्थ्य विज्ञान समिति, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रविन आचार्य, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष सुरेश घिमिरे, एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालकी सदस्य रत्ना कोइराला, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराई र अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी समिति सदस्य अमरेशचन्द्र वैदार र भेरी उद्योग वाणिज्य संघका अध्यक्ष सोमप्रसाद ढकाल पनि समितिमा सदस्यका रूपमा रहेका छन्।

समितिको सल्लाहकारमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्य भक्तबहादुर हमाल, एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की, नेपाल मेडिकल एसोसिएसनका निवर्तमान अध्यक्ष डा. अनिल बिक्रम कार्की र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष डा. पदमबहादुर खड्का रहेका छन्।

आमन्त्रित सदस्यमा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, रामपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भोजेन्द्र ढकाल, धुलिखेल उद्योग वाणिज्य संघका प्रविन योगोल, नेशनल रोबोटिक्स एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक यज्ञप्रसाद देवकोटा र नेपाल ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधवप्रसाद नेपाल रहेका छन्।

स्वास्थ्य विज्ञान समितिले स्वास्थ्य तथा चिकित्सा क्षेत्रसँग सम्बन्धित उद्योग, व्यवसाय र सेवाका विषयमा महासंघको नीति निर्माण तथा सरकारसँगको समन्वयमा भूमिका निर्वाह गर्ने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *