भोटेकोशी त्रिशुली बाढीमा परि मृत्यु हुनेको संख्या ७३४ पुग्यो, अझै पनि २ हजार ४९८ वेपत्ता

0
Shares

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी त्रिशुली नदीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या ७३४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्मको अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी ७३४ जनाको शव फेला परेको छ। सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ भने नवलपरासी पूर्व, गोरखा, धादिङ, नुवाकोट, रसुवा, तनहुँ र नवलपरासी पश्चिममा समेत शवहरु भेटिएका छन् ।

चितवनमा २५९, रसुवामा १२, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ जनाको शव फेला परेको छ ।

यस्तै, बाढी पछि २ हजार हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। सम्पर्कविहीनमध्ये जलविद्युत् आयोजनामा कार्यरत, मकवानपुरतर्फ गएका तथा विदेशी पर्यटक र नेपाली नागरिकसमेत रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घाइते तथा बिरामीको उपचारका लागि प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।

आठ हजारभन्दा बढीको उद्धार

प्राधिकरणका अनुसार हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै हेलिकोप्टर प्रयोग गरी प्रभावित क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। भोटेकोशी बाढीपछि खोज तथा उद्धार अभियान अझै जारी छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *