नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गर्‍यो प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

28
Shares

काठमाडौँ, १३ भदौ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले भोटोकोशी बाढी पछि सिर्जित समस्या समाधानका लागि सरकारसंग हातेमालो गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

परिषद्को शनिबार बसेको बोर्ड बैठकले बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भन्दै कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति हार्दिक सम्मान र धन्यवाद व्यक्ति गर्ने निर्णय समेत गरेको जनाएको छ ।

गत १० गते विहान भोटेकोशीमा आएको प्रलयकारी बाढीले ठूलो धनजनको क्षति पुरयाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *