बाढी प्रभावित पाँच जिल्लाका १५ पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

24
Shares

काठमाडौँ, १२ भदौ । सरकारले बाढी प्रभावित पाँच वटा जिल्लाका १५ वटा पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को उपदफा (१) दिएको अधिकार प्रयोग गर्दै तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

नेपाल राजपत्रमा आज प्रकाशित गृह मन्त्रालयको सूचनामा गत १० गते नेपाल चीन सिमानास्थित भोटेकोशी ल्हेन्दे खोलामा आएको बाढीका कारण अति प्रभावित जिल्लाका पालिकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको उल्लेख छ ।

कुन कुन जिल्ला र पालिकालाई गरियो संकटग्रस्त क्षेत्र ?

गृह मन्त्रालयका अनुसार रसुवा जिल्लाका उत्तरगया गाउँपालिका, गोसाईकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, आमाछोडिङमो गाउँपालिका रहेका छन् ।

यस्तै नुवाकोट जिल्लाको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन् ।

यस्तै धादिङ जिल्लाको गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका पनि संकटग्रस्त क्षेत्रमा राखिएको छ ।

यस्तै गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट गाउँपालिका र आँवूखैरेनी गाउँपालिका पनि संकटग्रस्त क्षेत्रमा परेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *