भोटेकोशी बाढीबाट उद्दार गरिएका ४८ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार, २१ जना डिस्चार्ज (विवरण सहित)

8
Shares

काठमाडौँ, १२ भदौ । भोटेकोशी त्रिशुली नदीमा आएको बाढीबाट उद्धार गरिएका घाइतेमध्ये हालसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि आउनेको संख्या ४८ पुगेको छ।

अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार शुक्रबार दिउँसो २ बजेसम्म २७ जना उपचाररत छन्। उपचारपछि २१ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

उपचाररत बिरामीमध्ये छ जना सघन उपचार कक्ष (आईसीयू) मा छन्। एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

अस्पतालमा हाल उपचाररत घाइतेमा पाँच वर्षका बालकदेखि ५० वर्ष उमेर समूहसम्मका व्यक्ति छन्।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *