‘केरुङ भन्दा माथि चीन तर्फ बनेको ताल फुट्यो, सुरक्षित ठाउँमा बस्नुहोस’

16
Shares

काठमाडौँ, १२ भदौ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थलमा बनेको ठूलो ताल फुटेको बताइएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको छ । प्रजिअ परियारले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’

छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशीरत्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो ।

बिहीबार नै चिनिया पक्षले ताल बनिरहेको ठाउँको भिडियो फुटेज सार्वजनिक गरेको थियो । जुनसुकै अवस्थामा ताल फुटदा पुन जोखिम बढ्ने भन्दै सतर्क रहन भनिसकेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *