विपदको समयमा स्वास्थ्य सहयोग लिन र दिनका लागि स्क्यान गरि भर्नुहोस डिजिटल फारम

काठमाडौँ, ११ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपदको समयमा स्वास्थ्य सहयोग लिन र दिन सहज होस भन्दै डिजिटल फारम भर्ने व्यवस्था मिलाइएको छ ।
क्युआर स्क्यान गरेपछि खुल्ने उक्त फारमको नाम विपद स्वास्थ्य सहयोग समन्वय नाम दिइएको छ । जसमा सहयोग चाहिने व्यक्तिले, सहयोग गर्न चाहने (स्वास्थ्य कर्मी)ले र सहयोग गर्न चाहने स्वास्थ्य संस्थाले फारम भर्न सक्नु हुनेछ ।
फारममा सहयोग लिनका लागि कुन ठाउँमा कस्तो सहयोग भनेर खुलाउनु पर्ने छ । यस्तै सहयोग गर्न चाहनेले आफ्नो परिचय, योग्यता, विशेषज्ञता, अनुभव, र कुन जिल्लामा गएर सहयोग गर्न चाहेको लगायतको विवरण भर्नु पर्छ ।
संस्थागत तर्फ के कस्तो खालको संस्था, सम्पर्क व्यक्ति सहयोग गर्न चाहेको विषय बस्तु लगायतको विवरण खुलाउनु पर्ने छ ।
तपाईँले आवश्यक सहयोग लिन दिन चाहनु हुन्छ भने यहाँ रहेको क्युआरमा स्क्यान गर्नुहोस :
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



