बाढीमा परेका घाइतेको उपचारका लागि आवश्यक रगत उपलव्ध छ: कर्माचार्य

0
Shares

काठमाडौँ, ११ भदौ । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले भोटेकोशी त्रिशुली बाढी प्रभावित घाइतेको उपचारका लागि रगतको अभाव नभएको बताएका छन् ।

काठमाडौँ, त्रिशुली र रसुवाका विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भईरहेको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका कर्माचार्यले अहिले केन्द्रीय व्लड बैंकमा एक हजार बढी युनिट रगत मौज्दात रहेको बताए ।

उनले उपत्यका र बाढी प्रभावित त्रिशुली तथा रसुवा अस्पतालका लागि पनि आवश्यक समन्वय भइरहेको बताए ।

धेरै रगत चाहिने खालको घाइते त्यति धेरै हुनुहुन्न, र यदि आवश्यक परेको खण्डमा हामीसंग रगत छ । यो विपत्तीको बेलामा हामीले आवश्यक समन्वय गरिरहेका छौँ । कर्माचार्यले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *