विध्वंशकारी बाढी: औषधी तथा स्वास्थ्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्ने एनसीडीएको प्रतिवद्धता

0
Shares

काठमाडौं, १०  भदौ । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)ले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा आफ्नो साथ रहेको बताएको छ ।

संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल र महासचिव श्रीधर खनालले जारी गरेको विज्ञप्तीमा बाढीबाट बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धार गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ।

साथै बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको सहज उपलब्धता र नियमित आपूर्ति सुनिश्चित गर्न संघ आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ।

संघले आफ्ना सम्पूर्ण सदस्य तथा औषधी व्यवसायीहरूलाई स्थानीय प्रशासन, स्वास्थ्य संस्था र सुरक्षा निकायसँग समन्वय गरी मानवीय सेवामा सक्दो सहयोग पुर्‍याउनसमेत आह्वान गरेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *