औषधी आयातकर्ता संघले भन्यो, ‘बाढी पीडितको उपचारका लागि औषधीको अभाव हुँदैन’

0
Shares

काठमाडौँ, १० भदौ । नेपाल औषधी आयातकर्ता संघले रसुवा भोटेकोशी बाढीमा परि घाइते भएकाहरुको उपचारमा आवश्यक पर्ने सबैखाले जीवनरक्षक औषधीको सहज उपलव्धताका लागि आफूहरु क्रियाशिल रहेको जनाएको छ ।

विपदको बेलामा आयातकर्ताहरु नागरिकको सहज उपचार होस भन्ने चाहेको भन्दै कुनै पनि औषधीको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाएको छ ।

संघका अध्यक्ष पवन आचार्यले औषधीको सहज उपलव्धताका लागि औषधी व्यवस्था विभाग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय लगायतका सबै सरकारी निकायसंग समन्वय गरिरहेको भन्दै चौविसै घण्टा सहकार्य गर्ने बताए ।

विहान पौने साढे आठ बजेतिरबाट सुरु भएको बाढीको वितण्डाले रसुवा, नुवाकोट, धादिङ, चितवन, लगायतका जिल्लाका नदि किनारका बजार तथा बस्तीहरु बगाएको छ । बाढीमा परि हजारौं नागरिक वेपत्ता भएको छ ।

सयौँको संख्यामा घाइते भएको अवस्था छ । धेरै घाइतेहरुको अहिले काठमाडौँका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सबै एक जुट भई विपत्तीको सामना गर्नु पर्ने बताइरहेका बेला संघले औषधीको सहज आपूर्ति हुने कुरामा ढुक्क रहन आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *