नेपाली सेना र निजी हेली कम्पनीद्धारा भोटेकोशी बाढीमा फसेका ११४ जनाको हवाई उद्दार

0
Shares

काठमाडौँ, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीहरुले २९ जनाको उद्धार गरेका छन् ।

नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४ जना, त्रिशूली–काठमाडौँमा ३ जनाको उद्धार गरेको छ ।

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३, जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन् ।

साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा २ जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा ५ जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *