रसुवा बाढी पछि स्वास्थ्य मन्त्रालयको एचईओसीले थाल्यो तयारी, अलर्टमा राखियो अस्पताल र मेडिकल टिम

काठमाडौँ, १० भदौ । भोटेकोशीमा आएको भयंकर बाढीको पछिको उपचार तथा उद्धारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) सक्रीय भएको छ ।
घाइतेहरुको उपचार तथा आकस्मिक उपचारका लागि इमरजेन्सी मेडिकल टीम तयारी अवस्थामा छ ।
मन्त्रालयका अनुसार अहिले राष्ट्रिय ट्रमा सेन्टरबाट खटिएको छ जनाको इमरजेन्सी मेडिकल टिम (चिकित्सक) त्रिभुवन विमानस्थल पुगिसकेको छ । उनीहरुलाई बाढी प्रभावित रसुवाको विभिन्न क्षेत्रमा लैजाने तयारी भइरहेको बताइएको छ ।
यसैगरी उद्दार गरी ल्याइने घाइतेको उपचारका लागि काठमाडौँको उपत्यकाका ठूला अस्पतालहरु वीर, टिचिङ, सिभिल, ट्रमा, पाटन सहित विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजहरुका तयारी अवस्थामा राखिएको छ ।
मन्त्रालय स्रोतका अनुसार अहिलेसम्म बाढी प्रभावित क्षेत्रबाट उद्दार गरी रसुवाको धुन्चेस्थित जिल्ला अस्पतालमा दुई जना घाइतेलाई ल्याएको बताइएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



