पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्ती: रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही

काठमाडौँ, १० भदौ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शिक्षाध्यक्ष (रेक्टर) रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त गरेको हो।
सहकुलपति तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा. अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा. सन्तवीर महर्जनलाई नियुक्त गरेकी हुन्।
नवनियुक्त पदाधिकारीलाई बुधबार बिहान १० बजे सपथका लागि मन्त्रालयमा बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



