लुम्बिनी प्रदेशका स्वास्थ्य सहित तीन मन्त्रीले लिए शपथ

काठमाडौँ, ९ भदौ । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त तीन मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ लिनेमा रोल्पाका दीपेन्द्र पुन ‘सिजल’ स्वास्थ्य, दाङका इन्द्रजित थारू आर्थिक मामिला तथा योजना र बर्दियाकी कृष्णाकुमारी थारू कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेका छन्।
नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



