स्वास्थ्यमा सरुवा : मन्त्रालयको नीति तथा योजनामा आए डा. विवेक लाल, डा. शर्मा क्षयरोग केन्द्रमा

22
Shares

काठमाडौँ, ९ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले केही बरिष्ठ अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेकी छन् ।

गत ५ भदौमा मन्त्रीस्तरीय निर्णय गर्दै उनले अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेकी हुन् ।

स्रोतका अनुसार मन्त्रालयको अत्यन्त महत्वपूर्ण मानिने नीति योजना तथा अनुगमन महाशाखाको प्रमुखको रुपमा डा. विवेककुमार लाल आएका छन् ।

उनी केही समय देखि जिम्मेवारी विहीन थिए ।

त्यहाँ रहेका डा. गुणनीधि शर्मालाई राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक बनाई भक्तपुर पठाइएको छ । क्षयरोग केन्द्रमा यसअघि निर्देशक रहेका डा. भुवन पौडेललाई मन्त्रालय तानिएको छ ।

मन्त्री मेहताले केही दिनमै मन्त्रालय तथा विभागका विभिन्न महाशाखाका नेतृत्व पनि परिवर्तन गर्ने योजनामा रहेको बुझिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *