छातीमा असहजता भएपछि मनमोहन कार्डियोमा पुगेका सभामुख डोलप्रसाद चेकजाँच गरि फर्किए

काठमाडौँ, ८ भदौ । छातीमा असहजता महसुस भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) स्वास्थ्य जाँच गरि निवास फर्किएका छन् ।
मुटुको जाँचहरु (इको, इसीजी सहित सिटी कोरोनरी एन्जीयोग्राफी) गर्दा रिपोर्ट सामान्य देखिए पछि उनलाई भर्खरै डिस्चार्ज गरिएको सेन्टरका निर्देशक प्राडा रत्नमणि गजुरेलले बताए ।
‘छातीमा असहजता, पीडा महसुस गरेपछि बेलुका छ बजे तिर उहाँ हाम्रो अस्पताल आउनु भएको थियो । हामीले मुटुमा केही समस्या हो कि भनेर इको इसिजी तथा सिटी कोरोनरी एन्जीयोग्राफी लगायतका सबै जाँचहरु गर्यौँ । त्यस्तो समस्या देखिएन । रिपोर्ट नर्मल आयो । त्यसपछि भर्खर अहिले करीव १० बजे उहाँहरु निवास फर्किनु भयो,’ प्राडा गजुरेलले भने ।
यसअघि उनलाई सीसीयू सुविधा सहितको क्याबिन नम्बर २१५ मा राखेर परीक्षण तथा उपचार गरिएको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



