लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बने दीपेन्द्र पुन

20
Shares

काठमाडौँ, ८ भदौ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीमा दीपेन्द्र कुमार पुन ‘सिजल’ नियुक्त भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाका पुनलाई  स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

त्यसैगरी मुख्यमन्त्री आचार्यले दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना र बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्।

तीन मन्त्रीले भोलि दिउँसो ३ः२५ बजे प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर समक्ष शपथ लिने भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *