स्क्रबटाइफसको संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ, ७ भदौ । सल्यानमा स्क्रबटाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दार्मा गाउँपालिकामा पछिल्लो एक सातायता देखिएको संक्रमणका कारण एक जनाको मृत्यु भएको हो । भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ ।
दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको हो ।
खड्काको ज्वरो आएपछि गरिएको स्वास्थ्य परीक्षणमा किटमार्फत स्क्रबटाइफस संक्रमण पुष्टि भएको थियो।
खड्कामा मधुमेहको समस्या समेत रहेको र फोक्सोमा पानी जमेको देखिएपछि चिकित्सकले थप उपचारका लागि दाङ हुँदै नेपालगन्ज रिफर गरिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



