रास्वपाको जनस्वास्थ्य विभाग प्रमुख बनिन् डा. तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनस्वास्थ्य विभागको जिम्मेवारी डा. तोसिमा कार्कीले पाएकी छन् ।

शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले छ वटा केन्द्रीय विभागमा प्रमुखहरु मनोनित गर्दा डा कार्कीलाई जनस्वास्थ्य विभाग तोकिएको हो ।

स्वास्थ्य राज्यमन्त्री समेत बनिसकेकी डा कार्की यसअघि पनि सोही विभागमा थिईन ।

यसैगरी बैठकले पार्टीको सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जन गुनासो व्यवस्थापन विभागमा विजय जैरु, पूर्वाधार विभागमा निशा डाँगी, अर्थ विभागमा लिमा अधिकारी आचार्य र प्रशिक्षण विभाग उपप्रमुखमा कमल सुवेदी मनोनीत गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *