नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

काठमाडौं, ५ भदौ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को रजिस्ट्रार पदमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रजिष्ट्रार पदमा नियुक्त गरेको हो ।

उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ ड ।श्रेष्ठसँग काउन्सिलको नियमन,परीक्षा,चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ।

डा. श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका हुन् ।

डा श्रेष्ठ सन् २०१४ २०१६ मा काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत थिए । काउन्सिलमा रहँदा उनले शिक्षा,परीक्षा,आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *