पूर्व स्वास्थ्य मन्त्री किरण थापा बने बागमती प्रदेशको नयाँ मुख्य मन्त्री
हेटौडा, ४ भदौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नव नियुक्त मुख्य मन्त्री थापा यसअघि बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री बनेका थिए ।
थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालको चौथो मुख्यमन्त्री हुन् । यसअघि नेकपाका शालिकराम जम्कट्टेल, कांग्रेसका बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गरिसकेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



