नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ

काठमाडौं, ३ भदौ । नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेशप्रसाद ढकालसहित पाँच जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रेडक्रसको लागि गोदाम घर बनाउन भन्दै भक्तपुरमा जग्गा खरीद गर्दा अनियमितता गरेको भन्दै अनुसन्धानका लागि थापा र ढकालसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा राजेश देशमरु, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी छन् ।
उनीहरुमाथि सीआईबीले रेडक्रसको गोदामघर सञ्चालनका लागि भक्तपुरको भक्तपुर नगरपालिका—४ स्थित जग्गा खरिद गर्दा विचौलियामार्फत ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेकामा सो रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ विचौलियाले लिई खाएको आरोप लगाएको छ ।
यस्तै, ५—१३—३—० जग्गा किनिएकामा फिल्डमा ५—६—२—१ मात्र पाइएको सिआईबीले जनाएको छ । उनीहरुलाई रेडक्रसलाई हानी नोक्सानी गराई ठगी गरेको आरोपमा सिआईबीले अनुसन्धानका लागि भक्तपुर जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको हो ।
हेर्नुहोस सीआईबीको विज्ञप्ती

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




