तारकेश्वरमा प्रसूती तथा स्त्रीरोग सम्बन्धी विषेशज्ञ सेवा उपलव्ध गराउँदै प्रसूतिगृह अस्पताल

44
Shares

काठमाडौँ, २ भदौ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नो विशेषज्ञ सेवा महिनाको दुई दिन तारकेश्वरमा नगरपालिकामा पनि सञ्चालन गर्ने भएको छ । मंगलबार अस्पताल र नगरपालिकाबीच विशेषज्ञ सेवा उपलव्ध गराउने सम्बन्धि सम्झौँता भएको छ ।

सम्झौता अनुसार प्रसूतिगृहबाट खटिने विशेषज्ञ चिकित्सकले हरेक महिनाको दोश्रो बुधबार वडा न. १ अन्तर्गत रहेको साङ्गला प्राथमिक स्वास्थ्य केन्द्रमा बाहिरङ्ग सेवा र अन्तिम बुधबारको दिन वडा न. ८ अन्तगर्तमा रहेको मनमैजु स्वास्थ्य चौकीमा प्रसूति तथा स्त्री रोग सम्बन्धी बाहिरङ्ग सेवा पाउने छन् । यसैगरी महिनाको एक दिन सोही पालिकामा प्रसूतिगृह अस्पतालका रेडियोलोजीष्टद्धारा युएसजी सेवा दिने छन् ।

सम्झौँतामा अस्पतालका तर्फबाट निर्देशक डा श्रीप्रसाद अधिकारी र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका विशेषज्ञ चिकित्सकहरु द्धारा सो क्षेत्रका गर्भवती तथा स्त्रीरोग सम्बन्धी सेवाग्राहीहरुलाई विषेशज्ञ सेवा प्रदान गर्ने र भिडियो एक्सरे मार्फत चेकचाँज गरी समस्या पहिचान गरी उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

सम्झौँता पछि प्रतिक्रिया दिदै अस्पतालका निर्देशक डा अधिकारीले स्थानीय नागरिकलाई विशेषज्ञ सेवाका लागि सामान्य अवस्थामा अन्त्यत्र जान नपर्ने सुविधा थपिएको बताए ।

उनले भने, ‘यो सम्झौँता पछि सेवाग्राहीहरुलाई विशेषज्ञ सेवा लिनका लागि अन्यत्र जान पर्दैन भने यदि जटिल समस्या परेका रहेछन् भने तत्काल रिफर गर्न सजिलो भयो ।’

उनले सेवाग्राहीहरुलाई स्थानीय स्तरमै प्रसुती तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध भई सेवाग्राहीको समय तथा आवतजावतमा खर्च समेत कमी आउने अपेक्षा गरेको बताए । डा अधिकारीले नियमित रुपमा चल्ने यो सेवाले शिशु तथा मातृ मृत्युदरमा समेत कमि हुने बताए ।

त्यसो त प्रसूतिगृहले यसअघि नै तारकेश्वरमा प्रसूति तथा स्त्री रोग सम्वन्धी सेवा उपलव्ध गराएको थियो । बीचमा त्यो सेवा रोकिएको थियो । आजको नयाँ सम्झौँताले रोकिएको सेवाले पुन: गतिलिने विश्वास गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *