औषधीका खुद्रा व्यवसायीलाई सुरक्षित गर्भपतनका औषधीको सही प्रयोगबारे अभिमुखीकरण

काठमाडौँ, २ भदौ । नेपाल औषधी व्यवसायी संघको आयोजनामा ‘सुरक्षित गर्भपतनका लागि नेपाल सरकारबाट स्वीकृत औषधीहरूको सही प्रयोग सम्बन्धी’ एक दिने अभिमुखीकरण कार्यक्रम सपन्न भएको छ ।

खुद्रा औषधी व्यवसायीहरूलाई लक्षित गरि सञ्चालन गरिएको सो अभिमुखीकरण कार्यक्रम यसपटक मधेश प्रदेशका विभिन्न चार वटा जिल्लामा गरिएको थियो ।

जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै खुद्रा औषधी व्यवसायीहरूलाई स्वीकृत औषधी हरूको सही, सुरक्षित र उत्तरदायी प्रयोगबारे सचेत गराउने उद्देश्यका साथ आयोजित सो कार्यक्रम २६ साउनमा सिरहाको लहान, २७ साउनमा महोत्तरीको बर्दिबास, २८ साउनमा सर्लाहीको मलङ्गवा र २९ साउनमा रौतहटको गरुडामा गरिएको थियो ।

आयोजकका अनुसार यो अभिमुखीकरण कार्यक्रममा चारवटा जिल्लामा २०० जना भन्दा बढी खुद्रा औषधी व्यवसायीहरूको सहभागिता थियो ।

सम्बन्धित जिल्ला शाखाहरूको व्यवस्थापन र सुनौलो परिवार नेपाल (एसपीएन) को सहकार्यमा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष प्रकाश खण्डेलवाल, महासचिव श्रीधर खनाल लगायतको उपस्थिति थियो ।

उनीहरुले कार्यक्रमको आवश्यकता र महत्वबारेमा चर्चा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *