भक्तपुरका तीन सांसदसहित नौ जनाद्वारा मृत्युपश्चात अङ्गदानको घोषणा, कुल संख्या २७९९ पुग्यो

20
Shares

काठमाडौँ, २९ साउन । भक्तपुरका तीन जना सांसद सहित नौ जनाले अङ्गदान गर्ने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विहीबार आयोजना गरेको कार्यक्रममा सांसदहरु रुकेश रञ्जित, राजिव खत्री, र गंगा लक्ष्मी अवालले मृत्यु पश्चात अङ्गदान गर्ने घोषणा गरेका हुन् । यसैगरी संविधानसभा सदस्य विन्दा पाण्डेसहित नौ जनाले मृत्युपछि अङ्गदान गर्ने घोषणा गरेका छन् ।

हालसम्म मस्तिष्क मृत्यु पश्चात अङ्गदान गर्न मञ्जुरी दिनेको संख्या २ हजार ७९९ पुगेको छ ।

जिवित दाताबाट अङ्गदान गराउँदा खर्चिलो, मस्तिष्क मृत्यु भएकाहरुको अङ्ग प्रत्यारोपण गर्न पाए सजिलो

पछिल्लो समय नेपालमा अङ्गदान कार्यक्रमले प्राथमिकता पाए पनि अङ्गदाता पाउन मुस्किल हुँने गरेको छ । अझ हाम्रो जस्तो विकाशिल मुलुकमा जिवित व्यक्तिबाट अंग निकाली अर्को व्यक्तिमा अंग प्रत्यारोपण गर्नु पर्दा दोहोरो खर्च हुने हुँदा बढी खर्चिलो पर्न गएको छ ।

प्रत्यारोपण केन्द्रकी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठ यदि मस्तिष्क मृत्युपश्चात हुने अङ्गदानबाट प्रत्यारोपण हुन सकेमा खर्च कम हुनका साथै जिवित व्यक्तिबाट अङ्ग झिक्न नपर्दा उसको स्वस्थ्यमा आउन सक्ने समस्या नरहने बताउछिन् । उनले त्यसका लागि आम नागरिकमा सचेतना फैलाउनु पर्ने आवश्यकता रहेको बताइन ।

केन्द्रका प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठले विश्वभरी नै मिर्गौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरुबारे सबैलाई सचेत गराउन पर्ने बताए । उनले नेपालमा मिर्गौला फेल भएर धेरे जना समस्यामा पर्ने गरेको उनीहरु मध्ये केहीको अङ्ग नपाएकै कारणले अकालमा मृत्यु हने गरेको बताए । उनले पनि अङ्गदानबारे जनचेतना विस्तारमा जोड दिनु पर्ने बताए ।

सोही कार्यक्रममा मष्तिष्क मृत्यु पश्चात अङ्गदान गर्ने परिवारका सदस्यहरु र अंगदान गर्ने अस्पतालाई विशेष सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सहभागी सांसदहरुले भने अङ्गदान सम्वन्धी कार्यमा व्यापक जनचेतनाको खाँचो रहेको बताउँदै त्यसका लागि आफूहरुले सक्दो पहल गर्ने बताए ।

उनीहरुले प्रत्यारोपण केन्द्रको सेवालाई विस्तार गर्न आवश्यक पर्ने सबै सहयोग गर्ने र केन्द्रको लागि भवनको व्यवस्थापनको लागि प्रतिवद्द रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *