सर्पदंश र रेबिजविरुद्धको भ्याक्सिन आइपुग्यो : स्वास्थ्य मन्त्रालय

48
Shares

काठमाडौं, २८ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले केही समय देखि अभाव देखिएको सर्पदंशको उपचारमा प्रयोग हुने खोप (एन्टीस्नेक भेनम) तथा रेबिजबिरुद्ध को खोप (एन्टी रेबिज भ्याक्सिन) आईपुगेको बताएको छ ।

स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन र रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन (ईआरआईजी) आईपुगको हो ।

ती खोपहरुलाई टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा दाखिला गरिएको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले खोप आईपुगेको बताउँदै आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिनहरू सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिने बताए ।

उनले सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक यी सामग्री प्राप्त भएपछि देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको जनाए ।

यसअघि देशभर सर्पदंश र रेबिजबिरुद्धको खोप अभाव हुँदा आम नागरिकहरु मर्कामा परेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *