औषधी व्यवस्था विभागका तीन जना अधिकृतको जिम्मेबारी हेरफेर

960
Shares

काठमाडौँ, २२ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधी व्यवस्था विभाग र त्यस मातहतका निकायमा कार्यरत तीन जना बरिष्ठ अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेकी छन् ।

गत १९ साउनमा मन्त्रिस्तरीय निर्णय गर्दै उनले विभागका बरिष्ठ औषधी व्यवस्थापक किरणसुन्दर बज्राचार्यलाई राष्ट्रिय औषधी प्रयोगशालामा पठाएकी छन् ।

प्रयोगशालामा रहेकी औषधी व्यवस्थापक संगिता साहलाई विभागको वीरगञ्ज शाखामा पठाएकी छन् । यस्तै विभागको वीरगञ्ज शाखाको नेतृत्व गरेका औषधी व्यवस्थापक शम्भू साहलाई औषधी व्यवस्था विभागमा सरुवा गरेकी छन् ।

स्वास्थ्यमा सामान्य त नवौँ र दशौँ तहको सरुवा सचिवस्तरको निर्णय हुने परम्परा हो । एघारौँ तह माथिका कर्मचारीहरुको सरुवा मात्रै मन्त्रिस्तरीय निर्णयबाट हुने गर्दथ्यो तर यस पटक नवौँ तथा दशौँ तहको कर्मचारीहरुको सरुवामा मन्त्री स्तरको निर्णय भएको छ ।
त्यसो त मन्त्री मेहताले यसअघि कर्मचारी सरुवामा आफ्नो चासो नहुने बताएकी थिईन । तर अहिले तल्ला तहका कर्मचारीको सरुवामा समेत मन्त्रिस्तरीय निर्णय गर्न थालेपछि कर्मचारी बृत्तमा टिका टिप्पणी सुरु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *