राष्ट्रिय ट्रमा सेन्टरमा आउने बेवारिसे बिरामीको रगतको शुल्क नेपाल रेडक्रसको काठमाडौँ जिल्ला शाखाले बेहोर्ने

24
Shares

काठमाडौँ, २२ साउन । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको सम्पूर्ण शुल्क अब देखि नेपाल रेडक्रस सोसाइटी (नेरेसो) काठमाडौ जिल्ला शाखाले व्यहोर्ने भएको छ ।

बिहीबार राष्ट्रिय ट्रमा सेन्टर, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र (व्लड बैंक) र नेरेसो काठमाडौ जिल्ला शाखाबीच रगत तथा रक्तजन्य पदार्थको शुल्कका विषयमा सम्झौँता भएको हो ।

आगामी असार मसान्त सम्म कायम रहने भनिएको सो सम्झौँतामा ट्रमा सेन्टरका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनी, नेरेसो काठमाडौ जिल्ला शाखाको तर्फबाट सभापति श्यामकाजी डोटेल र केन्द्रीय रक्त संचार सेवाका तर्फबाट निर्देशक पवन कुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा सांसद लालबिक्रम थापाको समेत उपस्थिति थियो ।

यस्तै नेरेसो काठमाडौ जिल्ला शाखाका मन्त्री बुद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, केन्द्रीय रक्त संचार सेवाका उपनिर्देशक प्रकाश कुमार यादव, जनसम्पर्क अधिकृत सन्देश थापा, ट्रमा सेन्टर सामाजिक सेवा बिभाग प्रमुख इन्दिरा पाण्डे लगायत ट्रमा सेन्टरका विभिन्न विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

त्यसो त विगत डेढ वर्ष देखि मौखिक माग र सहमतिमा नेरेसो काठमाडौ जिल्ला शाखले त्यस्तो रगतको भुक्तानी केन्द्रीय रक्त संचार सेवालाई उपलब्ध गराउँदै आएको थियो । चालु आर्थिक वर्ष देखि सोही कार्यलाई संस्थागत गर्नका लागि यो सम्झौता गरिएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *